
नेकपा एमालेका नेता गोकूल बाँस्कोटाले बाल लडाकुले सर्वाेच्च अदालतमा मुद्दा हालेर युद्ध घोषणा नगरेको तर्क गरेका छन् ।
बुधवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले बाल लडाकुलाई धम्क्याउन नहुने बताए ।
उनले लेखेका छन्, ‘बाल लडाकुले सर्वोच्चमा मुद्दा हालेपछि अहिले मुद्दा किन हालेको भनेर पछि हट्न फकाउने र नमाने धम्काउने गर्न थालेको गुनासो मुद्दा हाल्नेहरूले गर्न थालेका छन् । त्यसो नगरेकै राम्रो हो । उनीहरूले आफ्नो कानूनी हक खोजेका न हुन्, कसैमाथि धावा बोलेर युद्ध घोषणा गरेका त हैनन् नि !’
तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईविरुद्ध दायर मुद्दा सर्वाेच्च अदालतमा विचाराधीन छ ।