२६ जेठ २०८३, मंगलबार

नाइजेरियामा हैजाबाट १६ सयभन्दा बढी बिरामी, ४८ जनाकोे मृत्यु

जेठ ३१, २०८०
काठमाडौं
नाइजेरियामा हैजाबाट १६ सयभन्दा बढी बिरामी, ४८ जनाकोे मृत्यु

नाइजेरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (एनसीडीसी) ले यस वर्षको अप्रिलको अन्त्यसम्ममा हैजाका १ हजार ६२९ शंकास्पद बिरामी फेला परेको र ४८ जनाको मृत्यु भएको जनाएको छ ।

देशको राजधानी अबुजामा आयोजित राष्ट्रिय हैजा योजना समीक्षा सम्मेलनमा एनसीडीसीका महानिर्देशक इफेदायो अडेटिफाले १३ वटा राज्य प्रभावित भएको बताए ।

स्वास्थ्य एजेन्सीले देशको हैजा प्रकोपको रोकथाम, नियन्त्रण र व्यवस्थापनलाई सुदृढ गर्न उपायहरू अपनाएको अडेटिफाले बताए ।

उनले भने, ‘स्वच्छ पानी र सरसफाइ पूर्वाधारमा लगानी गर्नु, स्वच्छता अभ्यासहरूलाई बढावा दिनु, खोप र उपचारमा पहुँच प्रदान गर्नु, र हैजाको प्रकोपको निगरानी र अनुगमन गर्नु योजनामा समावेश छन् ।’

अधिकारीका अनुसार हैजाबाट बच्न र यसको फैलावटलाई पूर्ण रूपमा रोक्न सबै सरोकारवालाले आवश्यक उपायहरू अपनाउनु पर्दछ । हैजा ‘भिब्रियो हैजा ब्याक्टेरिया’को साथ आन्द्राको संक्रमणको कारण हुने एक पखालाजन्य समस्या हो ।

salt training

कमेन्ट गर्नुहोस्