०६ असार २०८३, शनिबार

व्यवसायीलाई घर भाडा छुट दिने घोषणा

जेठ ३१, २०८०
चितवन
व्यवसायीलाई घर भाडा छुट दिने घोषणा

उद्योग वाणिज्य सङ्घ चितवनले आफ्नो व्यावसायिक भवनमा बहालमा रहेका व्यवसायीलाई घरभाडामा छुट दिने भएको छ । उद्योग वाणिज्य सङ्घ चितवनकोे आज बसेको नियमित बैठकले सङ्घको नाममा सहिद चोकमा रहेका व्यावसायिक भवनमा बहालमा लिई व्यवसाय गर्ने व्यवसायीलाई २० प्रतिशत भाडा छुट दिने निर्णय गरेको हो । 

आर्थिक जटिलताका कारण व्यवसायी आर्थिक समस्यामा परेकाले उद्योग वाणिज्य सङ्घ चितवनले घरभाडामा लगाउने घरधनीलाई आफ्नो अनुकूलताअनुसार घरभाडामा छुट दिन अपिलसमेत गरेको छ । देशमा व्यापक चरम आर्थिक मन्दीका कारण व्यावसायिक गतिविधिमा ह्रास आएको र व्यवसायीहरू घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको सङ्घले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्