
भारतको उत्तर प्रदेशस्थित मुरादाबादमा पतिले पत्नीलाई अंगालो हालेर गोली चलाउँदा दुवैको मृत्यु भएको छ ।
मोबाइल हराएको विषयमा विवाद हुँदा पतिले पत्नीलाई मार्ने उद्देश्यले अंगालो हालेर गोली प्रहार गरेका थिए । तर गोलीले पत्नीको शरीर छेडेर पतिकै छातीसम्म पुगेको थियो । जसले गर्दा दुवैको मृत्यु भयो ।
घटनाको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेर शवलाई पोस्टमार्टमका लागि पठाएको छ । मृतक दम्पतीका १ छोरी र ३ छोरा छन् । अरुको वैवाहिक कार्यक्रममा मोबाइल हराएको विषयमा पतिपत्नीबीच विवाद थियो ।