०४ असार २०८३, बिहीबार

पत्नीको हत्या गरेको अभियोगमा पति पक्राउ

जेठ ३२, २०८०
खोटाङ
पत्नीको हत्या गरेको अभियोगमा पति पक्राउ
प्रतिकात्मक तस्वीर

पत्नी २८ वर्षीया सरिता तामाङको हत्या गरेको अभियोगमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा स्थायी घर भई हाल सोही नगरपालिका–७ दोर्पा डेरा गरी बस्ने ३२ वर्षीय बालजीत राईलाई प्रहरीले पक्राउ गरेको छ । 

घरायसी विवादको क्रममा बालजीतले खुकुरी प्रहार गर्दा सरिताको घटनास्थलमै मृत्यु भएको र बालजीत फरार रहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङ र प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरीले उनको खोजी गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्