![प्रस्तावित प्रधानन्यायाधीश कार्कीले संसदीय समितिमा बुझाएको कार्ययोजनामा के छ ? [पूर्णपाठ]](https://lktcdn2.prixacdn.net/media/harikrishna_karki_q7ypZC25EL.jpg)
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले संसदीय सुनुवाइ विशेष समितिमा १९ पृष्ठ लामो कार्ययोजना प्रस्तुत गरेका छन् ।
बिहीवार बिहान ८ बजेका लागि तोकिएको बैठकमा समितिले कार्कीलाई बोलाएको थियो । बैठकमा उपस्थित भएर कार्कीले १९ पेजको कार्ययोजना प्रस्तुत गर्दै आफ्नो धारणा समेत राखेका हुन् ।
उनले न्यायलाई प्रविधिमैत्री बनाउने, स्वचालित पेशी प्रणालीको सफ्टवेर निर्माण तथा सञ्चालन गर्ने, मुद्दाको अवस्थाबारे मोबाइलमै सूचना पाउन सकिने बनाउने, अनलाइन मुद्दा दर्ता र बहस पैरवीको व्यवस्था गर्ने, लामो अवधिको न्यायिक तालिम सञ्चालन गरी तालिमप्राप्त जनशक्तिबाटै मात्र न्यायाधीश नियुक्तिको नीति लिनेसहितका विषय कार्ययोजनामा समेटेका छन् ।
भोलि शुक्रवार बिहान ८ बजे बस्ने समितिको बैठकमा सांसदहरूले प्रश्न सोध्ने र कार्कीले जवाफ दिने गरी प्रश्नोत्तर सत्र राखिएको छ ।
यसअघि समितिले बुधवार उजुरीकर्ताहरूसँग छलफल गरेको थियो ।
हेर्नुहोस्, कार्ययोजना पूर्णपाठ :



















