
भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय ‘बि फिज’ नेपाली बजारमा प्रस्तुत गरेको छ ।
स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलोपटक प्रस्तुत गरिएको हो । जुन सबै उमेर समूहका उपभोक्ताहरूको स्वादको अनुभवमा परिवर्तन गर्ने विश्वास पार्ले एग्रोले लिएको छ ।
बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो । पार्ले एग्रोले नेपालमा यही वर्ष एप्पि फिज प्रस्तुत गरेको थियो । अब बि फिजले कार्बोनेटेड पेय पदार्थमा नयाँ क्रान्ति नै ल्याउने कम्पनीको विश्वास छ ।
यो पेय पदार्थ माल्ट स्वादमा भएका कारण बियरको स्वादसँग पारङ्गत परिपक्व जनमानसका लागि पनि उत्तिकै रोमान्चक स्वादमा प्रस्तुत भएको छ ।
पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सीएमओ नादिया चौहानले पार्ले एग्रो आफ्ना उपभोक्ताहरूका लागि अनुभवहरू बढाउन सधैँ अगाडि रहेको बताइन् । ‘हामी नयाँ आयामहरू प्रस्तुत गर्न तत्पर छौं, त्यसैले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गर्छौं,’ उनले भनिन्, ‘जुन बि फिजले गर्छ । रु. ३० बाट नै यसको मूल्य शुरु गरेर हामी झन् धेरै उपभोक्तासमक्ष पुग्ने प्रयासमा छौं ।’
पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनी साउथ एशियन बेभरेजेजसँग सहकार्य गर्दै आएको छ ।
साउथ एशियन बेभरेज प्रालिका प्रबन्ध निर्देशक आशिष अग्रवाल भन्छन्, ‘पार्ले एग्रोको नयाँ उत्पादन बि फिजको वितरण गर्नका लागि हामी तयार छौं, उत्सुक छौं र उत्तिकै उर्जाका साथ लागिपरेका छौं । यो भन्दा अगाडि एप्पि फिजलाई छ महिनामै नेपालको सबै क्षेत्रका बजार र युवाहरू समक्ष उल्लेखनीय रूपले लिएर जान सकेका थियौं र अब बि फिज पनि सोही रूपले लाने हौसला र विश्वास हामीसँग छ ।’