०१ साउन २०८३, शुक्रबार

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जेठ ३२, २०८०
काठमाडौं
विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो केन्द्रीय समितिको बैठक

जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार ९ गतेका लागि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

 विधान अधिवेशनको तयारी गर्न बैठक बोलाइएको उनको भनाइ छ ।  बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएको सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने छ ।  

केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ । जसपाले असार १०, ११ र १२ गते  काठमाण्डौमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुँदै छन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु रहेका छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने छन् ।

salt training

कमेन्ट गर्नुहोस्