
प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिमा प्रश्न सोध्न थालिएको छ । शुक्रवार बिहान शुरू भएको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यहरूले प्रश्न सोध्न थालेका हुन् ।
जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले तपाईं छोटो अवधिका लागि प्रधानन्यायाधीश हुने भन्दै आफूले पेश गरेको दीर्घकालीन योजना कसरी कार्यान्वयन गर्नुहुन्छ भनि प्रश्न गरे ।
उनले प्रस्तावित प्रधानन्यायाधीश कार्की संसदीय सुनुवाइको संवैधानिक प्रावधानमाथि उठाएको प्रश्नमा पनि प्रतिप्रश्न गरे । 'छोटो अवधिका लागि तपाईं प्रन्या हुने हो र के आधारमा तपाईंले पेश गरेको दीर्घकालीन योजना कार्यान्वयन गर्नु हुन्छ ?,' अधिकारीको प्रश्न छ, 'संसदीय सुनुवाइको संवैधानिक प्रावधानमाथि तपाईंले प्रश्न उठाउनु भएको छ। तपाईंको सुनुवाइ हुँदा नागरिकले ३३ उजुरी दिएका छन् । के त्यही त्रासका कारण सुनुवाइको व्यवस्थाप्रति प्रश्न गर्नु भएको हो ?'