१० साउन २०८३, आइतबार

पहिला पार्टी र नेताहरू सच्चिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ : गृहमन्त्री श्रेष्ठ

असार १, २०८०
काठमाडौं
पहिला पार्टी र नेताहरू सच्चिनुपर्छ, त्यसपछि मात्रै देश बदलिन्छ : गृहमन्त्री श्रेष्ठ
फाइल तस्बिर

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् । 

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षाअनुसार देशमा समृद्धि आउन नसकेको बताए । 

देशको विकास हुन नसक्दा आम जनता निराश रहेको उनको भनाइ छ । 

गृहमन्त्री श्रेष्ठले देश बदल्न सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताए । राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रूपान्तरण गरेर सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियालाई तिब्र पार्नु आवश्यक रहेको बताए ।

‘हामीले अपेक्षा गरेअनुसार समृद्धि आएको छैन । जनतामा सन्तुष्टि देखिएको छैन । हामीले भनेजस्तो रूपमा कार्यभार निभाउन सकेका छैनौँ,' उनले भने, 'सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउनु पर्छ । त्यसपछि मात्रै देश बदलिन्छ ।'

salt training

कमेन्ट गर्नुहोस्