
रुपन्देहीको तिलोत्तमामा युवकको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
आफैसँग बस्दै आएका १८ वर्षीय सुमन कुँवरको हत्या गरेको आरोपमा तिलोत्तमा–१६ पूर्व बहियामा बस्ने २६ वर्षीय ज्ञानबहादुर कुँवरलाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको हो ।
अभियुक्त कुँवरले चापाकलको ह्याण्डलले टाउकामा प्रहार गरी मंगलवार सुमनको हत्या गरेका प्रहरीको आरोप छ । सुमनका हत्यापछि उनी फरार रहेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाका अनुसार उनीहरू दुवै जना तिलोत्तमामा सँगै बस्दै आएका थिए ।
उनीहरूबीच आपसी मनमुटाव भएपछि नवलपरासी बर्दघाट सुस्ता (पश्चिम) सुनवल नगरपालिका–७ घर भई तिलोत्तमा बस्ने ज्ञानबहादुरले सुमनको हत्या गरेका थिए ।
जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।