०६ असार २०८३, शनिबार

आयोगको पत्रको जवाफ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दिएन

कात्तिक २०, २०७४
आयोगको पत्रको जवाफ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दिएन
काठमाडौं, २४ भदौ— स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत पहिलो र दोस्रो चरणको निर्वाचनबाट गाउँपालिका तथा नगरपालिकाको निर्वाचन सम्पन्न भई गाउँसभा/नगरसभाले पूर्णता प्राप्त गरी नवलपरासी, रूकुम र चितवन जिल्ला बाहेकका सबै जिल्लामा जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भइसकेको निर्वाचन आयोगले जनाएको छ ।aayog
नवलपरासी र रूकुम जिल्लाका गाउँपालिका तथा नगरपालिका दुई अलग अलग प्रदेशमा परेको कारण उक्त जिल्लामा कति सङ्ख्यामा जिल्ला समन्वय समिति गठन हुने भनी एकीन नभएकाले जिल्ला समन्वय समितिको निर्वाचन हुन सकेको आयोगको भनाई छ ।
मन्त्रिपरिषद्को गत भदौ ५ को निर्णय अनुसार नवलपरासी (वर्दघाट सुस्ता पूर्व) प्रदेश नं. ४ मा र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) प्रदेश नं. ५ मा तथा रूकुम (पूर्वी भाग) प्रदेश नं. ५ मा र रूकुम (पश्चिम भाग) प्रदेश नं. ६ मा रहने गरी जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई अनुरोध आएकोमा समन्वय समितिमा रहने सदस्य संख्या एकीन गर्नका लागि जिल्ला सभाको बैठकले निर्णय गर्नुपर्ने भएकोल सो प्रयोजनका लागि उक्त ४ जिल्लामा जिल्ला समन्वय समितिको कार्यालय तथा स्थानीय विकास अधिकारीको व्यवस्था गर्न आयोगले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पत्र पठाएपनि जवाफ नआएको जनाएको छ ।
यद्यपी उक्त जिल्लाहरूका जिल्ला समन्वय समितिको निर्वाचन गर्नका लागि जिल्ला न्यायाधीशहरूको नामावली प्राप्त भई आयोगबाट मुख्य निर्वाचन अधिकृतको नियुक्ति गर्ने निर्णय भइसकेको छ ।
जिल्ला समन्वय समितिमा रहने सदस्यको संख्या एकीन नभएसम्म मुख्य निर्वाचन अधिकृतले निर्वाचन सञ्चालन गर्न नसक्ने भएकाले आयोगको आज बसेको बैठकले रूकुम (पूर्वी भाग), रूकुम (पश्चिम भाग) र नवलपरासी (वर्दघाट सुस्ता पूर्व) र नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) मध्ये जिल्ला समन्वय समितिको कार्यालय स्थापना गर्न बाँकी जिल्लामा भदौ मसान्तसम्म जिल्ला समन्वय समितिको कार्यालय स्थापना गरी स्थानीय विकास अधिकारीसमेत खटाई सो को जानकारी निर्वाचन आयोगलाई गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पुनः लेखी पठाउने निर्णय गरेको प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्