०४ असार २०८३, बिहीबार

बस दुर्घटनामा १० को मृत्यु, ५६ घाइते, सीताको दुईतले घर समेत बचेन

कात्तिक २०, २०७४
बस दुर्घटनामा १०  को मृत्यु, ५६  घाइते, सीताको दुईतले घर समेत बचेन
काठमाडौं, २४ भदौ — नुवाकोट र चितवनमा भएको बस दुर्घटनामा १०  जनाको मृत्यु भएको छ भने ५६  जना घाइते भएका छन् ।
काठमाडौंबाट नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा ७ नाको मृत्यु भएको छ ।

दुर्घटनामा परी २९ ना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीया शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

बसका सहचालक तादी गापा सातबिसेका २८ वर्षीय नवराज विक, ठेगाना नखुलेका ५४ वर्षीय लालबहादुर तामाङ र ठेगाना नखुलेकी ३७ वर्षीया उजेली तामाङको उपचारका क्रममा बसुन्धरास्थित ग्रीनसिटी अस्पताल र तादी गापा रालुकाकी २२ वर्षीया सविना तामाङको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Bus ACC
नुवाकोटको शिवपुरी गापा–७ ठानाभञ्ज्याङमा शनिबार भएको बस दुर्घटना । स्थानीय सीता तामाङको दुईतले घरमाथि बस खस्दा पूर्णरुपमा क्षति भएको छ । तस्वीरः रासस

दुर्घटनामा घाइते भएका २९ नाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो ।

बस दुर्घटनाबाट स्थानीय सीता तामाङको दुईतले घर पूर्णरुपमा क्षति भएको छ ।

यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको पिप्ले बजारमा आज दिउँसो दुई यात्रु बस एकआपसमा ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी २७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नं को बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ९१२५ नं को बस एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी पर्सा जिल्ला गडी नगरपालिका–४ का २७ वर्षीय सेखजबी उल्लाह मियाँ र सोही जिल्ला कालिकामाई गाउँपालिका–३ का २२ वर्षीय सतमियाँ खजुराको मृत्यु भएको छ । अर्का एकको शनाखत हुन बाँकी रहेको छ । घाइतेहरुको चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर र अन्यको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्