१५ असार २०८३, सोमबार

भीरबाट गुल्टिएको बसले सीताको दुई तल्ले घर ध्वस्त

कात्तिक २०, २०७४
भीरबाट गुल्टिएको बसले सीताको दुई तल्ले घर ध्वस्त
काठमाडौं, २४ भदौ —काठमाडौंबाट नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस आज बिहान शिवपुरी गाउँपालिका–७ स्थित सुनखानीको ठानाभञ्ज्याङमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी ३० जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । दुर्घटनामा परी विदुर नगरपालिका–९ का २१ वर्षीय शशी बोगटी, तादी गाउँपालिका–५ नर्जामण्डपका ४५ वर्षीया लक्ष्मी न्यौपाने र ६७ वर्षीया ठूलीमायाँ तामाङको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए ।
Bus ACC
त्यस्तै, लालबहादुर तामाङ र उजेली मिजारको उपचारका क्रममा काठमाडौंस्थित ग्रीनसिटी अस्पताल तथा सबिना तामाङको विपी स्मृति अस्पताल, बसुन्धरामा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उमेर र ठेगाना खुल्न बाँकी छ ।

दुर्घटनामा घाइते भएका ३० जनाको राजधानीको ग्रीनसिटी, ग्राण्डी, बिपी स्मृतीलगायतका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठानाभञ्ज्याङ स्थित लो–टोलमा घुम्तीमा मोड्ने क्रममा दुर्घटना भएको उक्त बस सडकबाट करिब ३५० मिटर तल पुगेको थियो ।

भीरबाट खसेको बस स्थानीय सीता तामाङको दुईतले घरमा बज्रिँदा घर पूर्णरुपमा क्षति भएको छ । घर ध्वस्त भएसँगै सो परिवार विचल्लीमा परेको छ । यद्यपी सीताको परिवार घरमा नभएको बेला भएकाले कसैलाई कहि नभएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्