०९ साउन २०८३, शनिबार

क्यानडाको जनसङ्ख्या ४ करोड पुग्यो

असार २, २०८०
काठमाडौं
क्यानडाको जनसङ्ख्या ४ करोड पुग्यो

क्यानडाको जनसङ्ख्या चार करोड पुगेको छ ।

सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । 

क्यानडाको जनसङ्ख्या हाल  तीव्र गतिमा बढिरहेको छ ।  सन् २०२२ मा क्यानडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानडाको इतिहासमा पहिलोपटक यसरी तीव्र गतिमा बढेको हो । जनसङ्ख्याको वार्षिक वृद्धि दर २.७ प्रतिशत पुगेको छ ।

सन् २०२२ मा रेकर्ड गरिएका लगभग सबै वृद्धिका लागि अन्तर्राष्ट्रिय बसाइँसराइ जिम्मेवार रहेको राष्ट्रिय तथ्याङ्क निकायले जनाएको छ।

क्यानडा जनसङ्ख्या वृद्धिका सन्दर्भमा जी ७ देशहरूमा अग्रपङ्तिमा छ ।

यदि जनसङ्याङ् वृद्धिको यो दर आगामी वर्षहरूमा स्थिर रह्यो भने, क्यानडाको जनसंख्या लगभग २६ वर्षमा दोब्बर हुन सक्ने बताइएको छ । रासस/सिन्ह्वा

salt training

कमेन्ट गर्नुहोस्