१० साउन २०८३, आइतबार

सिन्धुकपको उपाधि भगवती क्लब टोखालाई

असार ३, २०८०
सिन्धुपाल्चोक
सिन्धुकपको उपाधि भगवती क्लब टोखालाई
प्रतिकात्मक तस्वीर

नवौं संस्करणको सिन्धुकप फूटबल प्रतियोगिता २०८० को उपाधि भगवती क्लब टोखाले जितेको छ ।

लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा शनिवार सम्पन्न भएको फाइनल खेलमा भगवतीले काभ्रे जिल्ला फूटबल संघलाई पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

निधारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधैं पेनाल्टीमा धकेलिएको थियो । पहिलो हाफको खेलमा शुरूआती अग्रता बनाएको काभ्रेले दोस्रो हाफमा गोल खाएको थियो ।

गत जेठ २८ गतेबाट शुरू भएको प्रतियोगिताको समापन सहारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, एन्फाकै वरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्का लगायतले पुरस्कार प्रदान गरे ।

युथ स्पोर्ट्स क्लबको आयोजना र सिन्धुपाल्चोक जिल्ला फूटबल संघको प्राविधिक सहयोग रहेको सिन्धुकपको विजेता भगवतीले नगद २ लाख र उपविजेता काभ्रेले नगद १ लाख पाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्