०८ साउन २०८३, शुक्रबार

ग्राण्डी अस्पतालमा ‘अपडेट अन पेडियाट्रिक्स’ सिएमई सम्पन्न

कात्तिक २०, २०७४
ग्राण्डी अस्पतालमा ‘अपडेट अन पेडियाट्रिक्स’ सिएमई सम्पन्न

काठमाडौं २५ पुस - ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘अपडेट अन पेडियाट्रिक्स’ सिएमई सम्पन्न भएको छ । 

नेपाल पेडियाट्रिक सोसाईटी र नेपाल मेडिकल एसोसिएसनसँगको सहकार्यमा आयोजित कार्यक्रममा नेपालमा बालरोगको उपचारको अबस्था र बिश्वस्तरमा भएका पछिल्ला उपलब्धि तथा अनुभवहरुबारे छलफल गरिएको थियो ।

कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको बालरोग बिभागका निर्देशक डा. बिनोद कुमार साह, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेडियाट्रिक सर्जन डा. आरपि चौधरी, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिष्ट डा. प्रशान्त रिजाल तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेडियाट्रिक पल्मोनोलोजिष्ट डा. अमृत घिमिरे लगायतले आफ्नो प्रस्तुति राखे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पेडियाट्रिक सोसाईटिका अध्यक्ष डा. बिनोदलाल बज्राचार्यले नेपालले नै आफ्नै उपचार निर्देशिका बनाई बालरोग तथा नबजात शिशुको उपचारको लागि बालरोग बिशेषज्ञहरुलाई पालन गराउन लगाउपर्नेमा जोड दिए ।

त्यसैगरी समबोधन मन्तब्यका क्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले नेपालमा रहेका अस्पतालहरुबीच बिरामीको स्तरिय उपचारकालागि आपसि समन्वय र तालमेल अपरिहार्य रहेको बताए ।

बिश्वस्तरमा बालरोग तथा नबजात शिशुको उपचारको पछिल्लो अबस्था र नेपालमा हाल बालरोगको उपचारमा अपनाइएको बिधिहरुलाई अद्याबधिक – अपडेट गर्ने उद्देश्यले आयोजित कार्यक्रम ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका बालरोग बिशेषज्ञ डा. संजयराज थापाले संचालन गरेका थिए ।

कार्यक्रममा देशभरका लगभग एकसयजना बालरोग बिशेषज्ञहरुको सहभागिता रहेको थियो ।

   

salt training

कमेन्ट गर्नुहोस्