०२ असार २०८३, मंगलबार

भूकम्प प्रभावितले यसकारण लिन सकेनन् सहुलियत कर्जा

कात्तिक २०, २०७४
भूकम्प प्रभावितले यसकारण लिन सकेनन् सहुलियत कर्जा

काठमाडौं, २५ भदौ- सरकारले सहुलियत कर्जाको घोषणा गरेको दुई वर्षभन्दा बढी हुँदा पनि भूकम्प प्रभावितले यस्तो कर्जा लिन सकेका छैनन् ।nepal-money
पुनर्निर्माण प्राधिकरण बैंकको प्रक्रिया झन्झटिलो र पीडितमैत्री नभएका कारण कर्जा लिन नपाएको बताउँछन् भने बैंकर्सहरू कर्जा माग्नै नआएको दाबी गर्छन् । सरकारले १५ जेठ ०७२ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७२÷७३ को बजेटमा सहुलियत कर्जाको घोषणा गरेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।
दुई प्रतिशत ब्याजमा दिने भनिएको सहुलियत कर्जा अहिलेसम्म तीन सय भूकम्प प्रभावितले मात्रै लिएका छन् । ०७४ को असार मसान्तसम्म ८५ करोड ८० लाख रुपैयाँ यो कर्जा प्रवाह भएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द पोखरेलले बैंकिङ प्रक्रिया झन्झटिलो भएकाले भूकम्प प्रभावितले कर्जा लिन नसकेको बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्