१३ असार २०८३, शनिबार

७ राज्यमन्त्रीको यस्तो हर्कत, यसरी गरे शक्तिको दुरुपयोग

कात्तिक २०, २०७४
७ राज्यमन्त्रीको यस्तो हर्कत, यसरी गरे शक्तिको दुरुपयोग

काठमाडौं, २५ भदौ- स्थानीय तहमा कर्मचारी पठाउन गम्भीर समस्या भइरहेको अवस्थामा सरकारकै सात राज्यमन्त्रीले विभिन्न जिल्लाका सात गाउँपालिकाका कार्यकारी अधिकृतलाई सोर्सफोर्स प्रयोग गर्दै बलपूर्वक आफ्नै निजी सचिवालयमा ल्याएका छन् । सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट नभएर अन्य निकायबाट अधिकृत माग्न पटक-पटक गरेको आग्रह अटेर गर्दै मन्त्रीहरूले कार्यकारी अधिकृतलाई नै सचिवालयमा झिकाएका हुन् , अन्नपूर्ण पोस्टमा खबर छ ।
samanya
कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन, सहरी विकास राज्यमन्त्री छमबहादुर गुरुङ, वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द, गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठ, महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसैन, पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवर र सामान्य प्रशासन राज्यमन्त्री वाङ्दी शेर्पाले सामान्य प्रशासनमन्त्री र सचिवलाई दबाब दिएर तहका कर्मचारी तानेका हुन् ।

सामान्य प्रशासन मन्त्रालय कर्मचारी प्रशासन शाखाका अनुसार सहरी विकास राज्यमन्त्री गुरुङले त्रिपुरासुन्दरी गाउँपालिका धादिङका कार्यकारी अधिकृत शैलेन्द्र ढकाललाई, कानुन राज्यमन्त्री पाख्रिनले सत्यवती गाउँपालिका गुल्मीका कार्यकारी विष्णुप्रसाद आचार्यलाई, वाणिज्य राज्यमन्त्री चन्दले दोगडा केदार गाउँपालिका बैतडीका कार्यकारी भानुभक्त भट्टराईलाई, गृह राज्यमन्त्री श्रेष्ठले गंगाजमुना गाउँपालिकाका कार्यकारी विकास डंगोललाई, समाजकल्याण राज्यमन्त्री हुसैनले दालोनी गाउँपालिका मुस्ताङका कार्यकारी जनक रेग्मीलाई, पशुपक्षी विकास राज्यमन्त्री कुँवरले कनकसुन्दरी गाउँपालिका जुम्लाका कार्यकारी विकास शर्मालाई र सामान्य प्रशासन राज्यमन्त्री शेर्पाले कालिञ्चोक गाउँपालिकाका कार्यकारी गणेश तामाङलाई आफ्नो सचिवालयमा ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्