०६ असार २०८३, शनिबार

बजेटमा देखिएको कमजोरी सच्याउन सभामुखको निर्देशन

असार ५, २०८०
काठमाडौं
बजेटमा देखिएको कमजोरी सच्याउन सभामुखको निर्देशन
फाइल फोटो

सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा रहेका कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकमा उनले बजेट पुस्तिकामा कमजोरी रहेको पाइएको र केही प्रदेशको नाम उल्लेख हुनुपर्नेमा अङ्क रहेको पाइएकाले सच्याउन निर्देशन दिएका हुन् । 

आजको बैठकमा छलफलका लागि तय भएको सहरी विकास मन्त्रालयअन्तर्गतको विभिन्न शीर्षकमा लुम्बिनी प्रदेश उल्लेख हुनुपर्नेमा प्रदेश नं ५ उल्लेख भएको भन्दै केही सांसदले विरोध जनाएका थिए । विरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित भएको थियो । 

दलका प्रतिनिधिसँगको छलफलपछि सभामुखले कमजोरी सच्याउन सरकारलाई निर्देशन दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्