
अमेरिकाविरुद्ध २०८ रनको लक्ष्य पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।
५ औं ओभरको अन्तिम बलमा आशिफ शेखलाई नेत्रवाल्करले एलबीडल्ब्यूबाट आउट गरेका हुन् । शुरूवात राम्रो गरे पनि शेख १६ बलमा १२ रन बनाउँदा आउट भएका हुन् ।
शायन जहाँगीरले नटआउट एक सय रन बनाएपछि अमेरिकाले आईसीसी विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दिएको थियो ।