१२ असार २०८३, शुक्रबार

पुतलीसडक ग्यास विस्फोट : सगर ग्यासलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

घाइतेको आईसीयूमा उपचार हुँदै
असार ५, २०८०
काठमाडौं
पुतलीसडक ग्यास विस्फोट : सगर ग्यासलाई कारबाहीको माग गर्दै प्रहरीमा उजुरी

सगर ग्यासको लापरवाहीले खाना पकाउने विष्फोट भएको भन्दै प्रहरीमा उजुरी परेको छ । गुल्मीका कृष्ण अर्यालले मंगलवार प्रहरी वृत सिंहदरबारमा सगर ग्यासविरुद्ध उजुरी दिएका हुन् ।

गत जेठ २९ गते काठमाडौं महानरपालिका–२९ पुतलीसडकमा ग्यास विष्फोट हुँदा गुल्मीको मालिका गाउँपालिका–४ की सीता अर्याल र सल्यान छत्रेश्वरी गाउँपालिका ४ का मोहन बस्नेत घाइते भएका थिए ।

उनीहरूको कीर्तिपुरस्थित वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

सीताका दाजु कृष्ण अर्यालले प्रहरी वृत सिंहदरबारमा सगर ग्यासको लापरवाहीका कारणले विष्फोट भएको भन्दै उजुरी दिएका हुन् । ‘ग्यासको लापरबाहीका कारणले विष्फोट भएको हो । यसरी पुराना सिलिण्डरहरूका कारणले मृत्युको मुखमा पुर्‍याएको छ । त्यसकारणले आवश्यक कारबाहीका लागि उजुरी दिएका हौं,’ सीताका दाजु कृष्णले लोकान्तरसँग भने ।

यसअघि २०७९ फागुन ४ गते ग्यास सिलिण्डर विष्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी घाइते भएका थिए । भण्डारीकी आमाको मृत्यु भएको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्