
सर्लाहीको मलंगवा नगरपालिका ८ गोरखकाली चोकबाट स्रोत नखुलेको रकमसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका ४ बस्ने ३५ वर्षीय विसुन्द्रप्रसाद चौधरी र सोही नगरपालिका २ का ४० वर्षीय नागेन्द्र ठाकुर रहेका छन् ।
उनीहरुलाई १५ लाख ५० नेपाली रूपैयाँ र २ हजार ६ सय ४० भारतीय रूपैयाँसहित मंगलवार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी गोरखकालीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एस २०८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।