
रामायणको कथालाई तोडमोड गरिएको र अस्वाभावित संवाद राखिएको आरोप लागेको फिल्म आदिपुरुषको कमाइ ह्वात्तै घटेको छ ।
फिल्मले ३ दिन सानदार कमाइ गरेको भए पनि त्यसपछि ओरालो लागेको हो । शुक्रवारदेखि आइतवारसम्म आदिपुरुषले ३ अर्ब ५२ करोड कमाइ गर्यो ।
त्यसयता फिल्म ओरालो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाद बढ्दै गएपछि अहिले फिल्मको माग घटेको छ ।
यस्तै अवस्था रहेमा फिल्मले लगानी समेत उठाउन सक्नेमा शंका गर्न थालिएको छ । सोमवारका दिन आइतवारको तुलनामा कमाइ ७५% घटेको छ ।