
काठमाडौंको बौद्धबाट स्रोत नखुलेको ३३ लाख ५० हजार नेपाली रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मनाङको ङिस्याङ गाउँपालिका–४ का ३० वर्षीय कर्मा ल्हामो गुरुङ रहेका छन् ।
उनलाई काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित हिमालय हस्तकलाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उक्त पसलमा हुण्डी कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई नगदसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पसल सञ्चालक नाम्गेल भन्ने किंगा फरार रहेकोले उनको खोजी भइरहेको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।