×

NMB BANK
NIC ASIA

धनुषामा सबै दलको एउटै दाबी, १२ स्थानमा चुनाव जित्छौं !

कात्तिक २०, २०७४

NTC
Premier Steels
जनकपुरधाम २५ भदौ– प्रदेश नम्बर २ को सम्भावित राजधानीको रुपमा प्रचारित जनकपुर उपमहानगरपालिकामा प्रमुख तीन दल तथा मधेस केन्द्रित तीन दलले चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएका छन् ।

२४ भदौमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली तथा चुनाव चिह्न प्रकाशित गरेपछि निर्वाचनको माहौल तातिएको छ । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तथा मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले चुनाव प्रचार प्रसारलाई तीब्रता दिएका छन् ।

सबै दलको आ–आफ्नै दाबी

नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादवका अनुसार सुरुमा कांग्रेसबाट धेरै ठाउँमा बागी उम्मेदवार उठेर परिस्थिति विग्रिएको भएपनि धेरै ठाउँमा सच्याइएको हुनाले धनुषामा रहेको १८ स्थानीय निकाय मध्ये अहिले १२ वटा निकायमा प्रमुख उपप्रमुख जित्ने सुनिश्चित भएपनि निर्वाचन आउँदा सम्म १४ वटा स्थानीय निकायको प्रमुख–उपप्रमुख पदमो जित हात पार्ने योजना छ ।

त्यसैगरी नेकपा एमालेका धनुषाका प्रवक्ता राजकुमार यादवले जिल्लाको अधिकांश स्थानीय तहमा प्रतिस्पर्धामा रहेको एमालेले पुर्ण बहुमत हासिल गर्ने दावी गरेका छन् । राजपा नेपालका धनुषा संयोजक संजय सिंहले भने धनुषाको १८ वटै स्थानीय निकायको प्रमुख उपप्रमुख पदमा जित हासिल गर्ने दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका धनुषा अध्यक्ष झल्खु यादवले भने धनुषाको १८ तह मध्ये १२ स्थानीय तहको प्रमुख उपप्रमुख पदमा जित हासिल गर्ने दावी गरेका छन् । त्यसैगरी संघीय समाजवादी फोरम नेपालका धनुषा अध्यक्ष चन्देश्वर महतोले १८ मध्ये १० देखि ११ वटा स्थानहरुमा जित हासिल गर्ने दावी गरेका छन् ।

नयाँ शक्ति धनुषाका कार्यबाहक अध्यक्ष महाशंकर ठाकुरले जनकपुर उपमहानगरपालिकाको प्रमुख उपप्रमुख सहित १२ स्थानमा जित हासिल गर्ने दावी गरेका छन् । नेपाल लोकतान्त्रिक फोरमका धनुषा अध्यक्ष नरेश यादवले १८ मध्ये १० स्थानमा प्रमुख उपप्रमुख जित्ने दावी गरेका छन् ।

राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारको क्रमलाई तीब्रता दिएका छन् ।

जनकपुरमा ८ सय ५५ जनाले उम्मेदवारी

२१ भदौमा कुल ८ सय ५५ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । जसमध्ये कुल ८ सय १६ जना उम्मेदवारहरुले जनकपुर उपमहानगरपालिकाको विभिन्न पदहरुका लागि प्रतिस्पर्धा गरिरहेका छन् । दर्ता गरिएको मध्ये २६ जना उम्मेदवारहरुको उम्मेदवारी बदर गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाए अनुसार ५ जना व्यक्तिले डब्बल उम्मेदवारी मनोनयन दर्ता गरेका थिए भने एक जना उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ताको रसिद काटेको भएपनि फारमसँगै लिएर गएका कारण मनोनयन खारेज गरिएको हो । ७ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् भने २ जना उम्मेदवारहरुको उम्मेदवारी माथि दावी विरोध भएपछि खारेज गरिएको छ ।

जनकपुर उपमहानगरपालिकामा १६ जना पुरुष र ३ जना महिला गरी कुल १९ जना उम्मेदवारहरुले मेयर पदमा प्रतिस्पर्धा गरिरहेका छन् । त्यसैगरी उपमेयर पदका लागि ६ जना पुरुष र ९ जना महिला गरी कुल १५ जना उम्मेदवारहरुले प्रतिस्पर्धा गरिरहेका छन् । २ सय २७ जना वडा अध्यक्षमा, ३ सय ५ जना सदस्यमा, १ सय ४० जना महिला सदस्यमा, १ सय १७ जना महिला सदस्यमा प्रतिस्पर्धा गरिरहेका छन् ।

मेयरमा प्रतिस्पर्धा

जनकपुर उपमहानगरपालिकामा मेयर पदका लागि नेपाली कांग्रेसबाट मनोजकुमार साह, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट लालकिशोर साह, नेकपा एमालेबाट लक्ष्मीनारायण भगत, माओवादी केन्द्रबाट चन्द्रशेखर साह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजकुमारी साह, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकबाट रुपाकुमारी, नयाँ शक्तिबाट उमेश साह, नेपाल लोकतान्त्रिक फोरमबाट हँसराज नुनियार, संघीय समाजवादी फोरम नेपालबाट विष्णुदेव साह, नेपाली जनता दलबाट विवेक भारद्वाज, बहुजन शक्ति पार्टीबाट जीतेन्द्र दास, नेकपा मालेबाट बिमल साहले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्रबाट पनि मेयर पदमा दीपनारायण महतो, संजयकुमार ठाकुर, दिगम्बर साह, कामेश्वर पञ्जियार, तेजनारायण यादव, दीपेश साह, बलिराम मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।

उपमेयरमा प्रतिस्पर्धा

त्यसैगरी जनकपुर उपमहानगरपालिकामा उपमेयर पदका लागि नेकपा मालेबाट मोहम्मद कमाल, नेपाल परिवार दलबाट शीला देवी, राप्रपाबाट ईसुफ धोबी, नेपाली जनता दलबाट सीताकुमारी यादव, राप्रपा प्रजातान्त्रिकबाट सुवोध ठाकुर, नेकपा संयुक्तबाट गीताकुमारी साह, संघीय समाजवादी फोरमबाट रीताकुमारी यादव, राजपा नेपालबाट रीताकुमारी मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट पुनम चौधरी, माओवादी केन्द्रबाट अम्बिका कुमारी, नेपाली कांग्रेसबाट निलमदेवी कर्ण, नेकपा एमालेबाट पुनम कुमारी मिश्रले उम्मेदवारी दर्ता मनोनयन गरेका छन् ।
त्यसैगरी स्वतन्त्रबाट राकेश विक्रम साह, आभाष लाभ, श्रवणकुमार आचार्यले समेत उपमेयरमा मनोनयन दर्ता गराएका छन् ।

उम्मेदवारी बदर

सदस्य पदमा राजपा नेपालका घुरण मण्डल केवट, महिला सदस्य पदमा राप्रपा प्रजातान्त्रिकका महिला सदस्य पदमा मुनेश्वरी देवी, नयाँ शक्ति पार्टीको महिला सदस्यमा रेश्मा देवी, स्वतन्त्रबाट महिला सदस्यमा अजलिसा खातुन, राजपा नेपालबाट महिला सदस्यमा रेणु यादव, एमालेबाट सदस्यमा लक्ष्मण ठाकुर, नेपाली जनता दलबाट वडा अध्यक्षमा पप्पु कुमार मण्डल, एमालेबाट सदस्य पदमा सतेन्द्रमान तुलाधरको उम्मेदवारी मनोनयन बदर गरिएको छ ।

त्यसैगरी राजपा नेपालको महिला सदस्य पदमा ज्ञानी देवी मण्डल, एमालेको दलित महिला सदस्यमा मनि देवी खत्वे, नेपाल लोकतान्त्रिक फोरमको वडा अध्यक्ष पदमा अच्छेलाल यादव, राजपा नेपालको वडा अध्यक्षमा उर्मिला देवी महतोको उम्मेदवारी मनोनय नबदर गरिएको छ ।

त्यसैगरी राजपा नेपालको बडा अध्यक्ष पदमा सलामत साफी, स्वतन्त्रबाट सदस्यमा रामसागर पासमान, राप्रपाबाट सदस्यमा गर्भा पासमान, माओवादी केन्द्रबाट सदस्यमा अनवर साफी धोवीको उम्मेदवारी मनोनय नबदर गरिएको छ ।

नेपाली जनता दलबाट सदस्यमा राजेन्द्र चौधरी कलवार, माओवादी केन्द्रबाट सदस्यमा जुमन नदाफ, स्वतन्त्रबाट सदस्यमा सुरेश साह, राप्रपाबाट सदस्यमा रामचन्द्र यादव, संघीय समाजवादी फोरमबाट सदस्यमा महेन्द्र राय कुर्मी, राजपा नेपालबाट अम्भोज कुमार मिश्र, स्वतन्त्रबाट सदस्यमा गंगवा महरा र नेपाली कांग्रेसबाट महिला सदस्यमा गिता भण्डारीको उम्मेदवारी मनोनयन दर्ता बदर गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार मनोनयन पत्र जाँच गर्दा कतिपय उम्मेदवारहरुको परिचयपत्र नमिलेको, प्रस्ताव र समर्थकमा बसेको, अर्को उम्मेदवार भएको, सहि छाप नभएको तथा पार्टीहरुले आधिकारिक उम्मेदवार नरहेको भनेर पत्राचार गरेको आधारमा रित नपुगि जनकपुर उपमहानगरपालिकामा २६ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनय नबदर गरिएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x