२३ जेठ २०८३, शनिबार

सभापति र महामन्त्रीलाई खतिवडाको आग्रह : एकले अर्काेलाई खुइल्याएर कोही नेताहरू दह्रा हुँदैनन्

असार ६, २०८०
काठमाडौं
सभापति र महामन्त्रीलाई खतिवडाको आग्रह : एकले अर्काेलाई खुइल्याएर कोही नेताहरू दह्रा हुँदैनन्
फाइल फोटो

नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरेका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले पार्टी सभापति र महामन्त्रीलाई एकले अर्कोलाई नखुइल्याउन आग्रह गरे ।

उनले एकले अर्कोलाई खुइल्याएर राजनीतिमा कोही पनि दह्रो नहुने बताए । उनले पार्टी सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्ने र महामन्त्रीले पनि सभापतिसँग समन्वय गरेर काम गर्नुपर्ने बताए ।

उनले देशमा कांग्रेसकै विकल्प खोज्ने समूह बनिसकेको भन्दै पार्टीमा कसैले कसैको विकल्प खोजेर नहुने बताए ।

उनले भने, ‘म कसैले सघायो पनि भन्दिनँ । सहयोग नै नगरेको पनि भन्दिनँ । महामन्त्री पद पनि निर्वाचित सभापति पछिको असाध्यै महत्त्वपूर्ण पद हो । सभापतिसँग समन्वय गरेर महामन्त्रीले जानुपर्छ र सभापतिले महामन्त्रीलाई साथमा लिएर जानुपर्दछ । अहिले कांग्रेसले मात्र विकल्प खोजेर हुँदैन । कांग्रेसकै विकल्प खोज्ने समूह पनि देशमा निर्माण भएका छन् । त्यसैले कांग्रेस पार्टी पनि बचाउने, विधान पनि बचाउने, संविधान पनि बचाउने, देश पनि बचाउने बाटोमा जानुपर्छ । एकले अर्कोलाई खुइल्याएर, कमजोर बनाएर नेपालको राजनीतिमा कोही नेताहरू दह्रा हुँदैनन् । सबैलाई अनुरोध गर्न चाहन्छु । पार्टी सभापतिलाई पनि । महामन्त्रीलाई पनि ।’

उनले सत्तारुढ गठबन्धनका केही दलहरूले आफूहरूलाई दह्रो शक्तिको रूपमा देखाउन समाजवादी मोर्चा नेपाल घोषणा गरेका बताए । उनले मोर्चामा आवद्ध दलहरूलाई पार्टी एकता नै गर्न सुझाव दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्