२५ जेठ २०८३, सोमबार

बागमती प्रदेशमा चालू आवमा डेंगुु रोगबाट २७ जनाको मृत्यु

असार ६, २०८०
हेटौंडा
बागमती प्रदेशमा चालू आवमा डेंगुु रोगबाट २७ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

चालु आवमा बागमती प्रदेशमा डेंगुुका ४२ हजार ४५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । 

डेंगुुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार ५०० फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बागमती प्रदेशका स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले जानकारी दिए ।

बुधवार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले आयोजना गरेको प्रदेशका ५ जिल्लामा डेंगुु सम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक कार्यक्रममा उनले यस्तो बताए ।

कार्यक्रममा कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका जुनियर इन्टोमोलोजिष्ट दीपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति दिँदै २०७९ चैत १० देखि २०८० वैशाख १८ गतेसम्म अध्ययन गरिएका ५४७ घरधुरीमा १ हजार ६२३ पानी भएका भाँडा निरीक्षण गरिएकोमा १३३ घरधुरीका १७० पानी भएका भाँडामा डेंगुु फैलाउने लामखुट्टेका जीवाणु भेटिएको बताए ।

अध्ययनअनुसार डेंगुु फैलाउने लामखुट्टेका जीवाणु सबैभन्दा बढी टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्यांकीमा पाइएको थियो । पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटर लगायतमा पनि फैलाउने लामखुट्टेका जीवाणु पाइएको छ । फेला परेकामध्ये ८४५ एडिस एजिप्टाइ छ । 

घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेंगुु फैलाउने लामखुट्टेका जीवाणु पाइन्छ भन्ने आम धारणा विपरीत घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेंगुुको जीवाणु पाइनुले सचेत बढी हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्