२३ असार २०८३, मंगलबार

२४० म्यानपावर कम्पनी खारेजीको जोखिममा

असार ७, २०८०
काठमाडौं
२४० म्यानपावर कम्पनी खारेजीको जोखिममा

वार्षिक एक सय श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसक्ने २४० म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका छन् । नवीकरणका लागि वार्षिक रूपमा एक सय श्रमिक वैदेशिक रोजगारी पठाउनुपर्ने भए पनि जेठ मसान्तसम्म २४० म्यानपावर कम्पनीले सो सङ्ख्या पुु¥याउन सकेका छैनन् ।

वैदेशिक रोजगार ऐन, २०६४ ले तोके अनुसार वर्षभरिमा एक सय श्रमिक पठाउन नसक्ने म्यानपावर कम्पनी खारेजीको जोखिममा परेका हुुन् । नेपाल  वैदेशिक  रोजगार  व्यवसायी  सङ्घका  अध्यक्ष राजेन्द्र भण्डारीले कानुन अनुसार दर्ता भएका कम्पनीलाई सङ्ख्याको लगाम लगाएर खारेज गर्नुु व्यावहारिक  नहुुने  बताए  ।

 कानुनले  तोके  अनुसार धरौटी रकम, कर सबै तिरेर सञ्चालन भएका व्यवसायीलाई वार्षिक न्यूनतम एक सयको लगाम लगाएर खारेज गर्ने नीतिले व्यवसायीलाई अप्ठ्यारो पारेको भन्दै उनको भनाइ छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्