
काठमाडौं, २५ पुस– नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन नभई खारेज या पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
राजधानीमा आज आयोजित ‘संविधानको कार्यान्वयन’ विषयक कार्यक्रममा नेताद्वय भट्टराई र यादवले वर्तमान संविधान संशोधन प्रस्तावको कुनै औचित्य नभएको बताए । उनीहरुले संविधान पुनर्लेखन वा खारेज गर्नुपर्ने बताएका हुन् ।
वर्तमान संविधानले सवैको हकअधिकारको प्रत्याभूत नगरेको भन्दै नयाँ शक्ति का संयोजक बाबुराम भट्टराईले नयाँ पुस्ताले यो संविधानको सट्टा नयाँ संविधान ल्याउने भन्दै अहिले नै यो संविधानलाई पुनर्लेखन गर्नुपर्ने बताए ।