३२ असार २०८३, बिहीबार

एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

असार ७, २०८०
काठमाडौं
एकीकृत समाजवादीद्वारा संसदीय दलको बैठक आह्वान

नेकपा एकीकृत समाजवादी पार्टीले आज आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ । 

बैठक बिहीवार दिउँसो २ बजेका लागि बोलाइएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारले संसद्मा प्रस्तुत गरेको बजेट लगायत विभिन्न विषयमाथि छलफल गरिने छ ।

सीमित ठाउँमा मात्रै विकास बजेट केन्द्रित गरिएको र अन्यत्र अपेक्षा गरेर असन्तुलित बजेट ल्याएको भन्दै एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्