०२ साउन २०८३, शनिबार

नेपाल र वेस्टइण्डिज भिड्दै

असार ७, २०८०
काठमाडौं
नेपाल र वेस्टइण्डिज भिड्दै
प्रतिकात्मक तस्वीर

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले आज बिहीवार वेस्टइण्डिजको सामना गर्दैछ ।

वेस्टइण्डिज र नेपालबीचको खेल जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस क्लबमा नेपाली समय अनुसार मध्याह्न पौने १ बजे शुरू हुनेछ ।

तेस्रो खेल खेल्दै गरेको नेपाल वेस्टइण्डिजलाई हराएर प्रतियोगितामा दोस्रो जीत हात पार्न चाहन्छ । पहिलो खेलमा घरेलु टोली जिम्बाबेसँग पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो ।

२ पटकको एकदिवसीय विश्वकप च्याम्पियनसँग नेपालको यो नै पहिलो भेट हो । नेपालले कुनै पनि विश्व विजेतासँग पहिलोपटक खेल्ने अवसर पाएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्