
पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले बिहीवार शाहलाई पार्टीको लोगो लगाएर पार्टीमा स्वागत गरेका थिए ।
आज बसेको रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए ।

पार्टीको प्रशिक्षण विभाग प्रमुखकोरूपमा अनिल केशरी शाहलाई पार्टीमा स्वागत छ । pic.twitter.com/FHftfHICUE
— Ganesh Karki (@ganesskarki) June 22, 2023