२८ असार २०८३, आइतबार
रास्वपा स्थापनाको एकवर्ष

समाजवादी मोर्चाबारे रविको टिप्पणी – हाम्रो लागि दलहरूको मोर्चा नौलो रहेन, उपचुनावमै भोगेको हो

असार ७, २०८०
काठमाडौं
समाजवादी मोर्चाबारे रविको टिप्पणी – हाम्रो लागि दलहरूको मोर्चा नौलो रहेन, उपचुनावमै भोगेको हो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना दलहरूले गर्ने गठबन्धन आफूहरूका लागि नयाँ विषय नभएको बताएका छन् । वैशाखमा सम्पन्न उपनिर्वाचनमा घोषित–अघोषित सबै गठबन्धनको सामना गरेको उनले बताए । 

पार्टी स्थापना दिवसको अवसरमा काठमाडौंको वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नमा सभापति लामिछानेले आफूहरूको ध्यान आम जनतामा पुग्ने रहेको बताएका हुन् । नेकपा माओवादी, नेपा एस, जसपा र नेकपाले गठन गरेको समाजवादी मोर्चाको नामै उल्लेख नगरी त्यो गठबन्धनले आफूहरूलाई कुनै फरक नपार्ने लामिछानेले बताए । 

‘दलहरूले गठबन्धन चुनावमा गरेका होइनन् ? हाम्रो लागि दलहरूको मोर्चा नयाँ होइन । हामीले देखेकै दलहरू हुन्’ लामिछानेले भने, ‘मोर्चा नै गर्ने हो भने नेपाली जनताको एजेण्डालाई लिएर गरौं भनेर संसदमा भनेको हुँ । हाम्रो पार्टीको ध्यान आम नागरिकको जनतामा पुग्ने हुन्छ । अन्य दलको गठबन्धनप्रति कुनै टिप्पणी गर्दिन ।’ 

सभापति लामिछानेले पार्टी स्थापनाको एक वर्षको समय अत्यन्त उर्जावान बनेको दाबी गरे । ‘समाजले परिवर्तन खोजेको विषय हामीलाई जानकारी थियो, मतपत्रबाट जाहेर हुन्छ कि हुँदैन भन्ने हेक्का थिएन । उपनिर्वाचनसम्म आइपुग्दा नयाँ पार्टी आयो भन्ने भयो । अबको चुनौतीः आम नागरिकसम्म पुग्नु पर्नेछ । अबको यात्रा संसद्‌मा अझबढी मर्यादित र प्रभावशालि हुन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्