०८ साउन २०८३, शुक्रबार

बाढी–पहिरोबाट १३ जनाको मृत्यु, २६ जना बेपत्ता

असार ७, २०८०
काठमाडौं
बाढी–पहिरोबाट १३ जनाको मृत्यु, २६ जना बेपत्ता

बाढीपहिरोबाट एक सातामा १३ जनाको मृत्यु भएको छ । २६ बेपत्ता रहेका र आठ जना घाइते भएका छन् । 

संघीय संसद्को दीगो विकास तथा सुशासन समितिको बैठकमा मुलुकका विभिन्न भूभागमा हालै आएको बाढीपहिरोबाट १३ जनाको मृत्यु हुनुका साथै २६ बेपत्ता रहेका र आठ जना घाइते भएको जानकारी दिइएको छ । 

समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको बैठकमा गृह मन्त्रालयका निमित्त सचिव महादेव पन्थले हालैको बाढीपहिरोबाट भएको मानवीय क्षतिसम्बन्धी सो जानकारी गराएका हुन्। क्षतिको अन्य तथ्याङ्क आउन बाँकी रहेको उनले बताए।  

उनले बाढी, पहिरो, प्राकृतिक विपद्, राहत वितरण, जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा जानकारी दिँदै उद्धारसहित राहत वितरण तथा जोखिम व्यवस्थापनतर्फ प्राथमिकतासाथ काम भइरहेको पनि स्पष्ट गरे । 

अघिल्लो आर्थिक वर्ष करिब रु एक अर्ब १५ करोड बराबरको क्षतिपूर्ति तथा राहत सहयोग प्रदान गरिएको उनले सो बैठकमा जानकारी दिए । 

प्राकृतिक प्रकोप र त्यसले पुर्‍याएको जनधनको क्षति, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःलाभ तयारीलगायतका समसामयिक विषयमा जानकारी लिन बोलाएको समितिको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयकोतर्फबाट धारणा राख्ने कार्यक्रम छ । 

salt training

कमेन्ट गर्नुहोस्