२५ जेठ २०८३, सोमबार

विधान अधिवेशनबारे छलफल गर्ने जसपाको केन्द्रीय कार्यकारिणी बैठक

असार ७, २०८०
काठमाडौं
विधान अधिवेशनबारे छलफल गर्ने जसपाको केन्द्रीय कार्यकारिणी बैठक

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा शुरु भएको छ । 

यही असार ९ गतेदेखि शुरु हुन लागेको केन्द्रीय समिति र असार १० गतेदेखि शुरु हुने विधान अधिवेशनका बारेमा छलफल गर्न आज कार्यकारिणी समितिको बैठक बसेको सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा विधान अधिवेशनको तयारी तथा प्रस्तावित संशोधनसहित तयार पारिएको विधान मस्यौदामाथि कार्यकारिणी सदस्यको राय लिइन्छ ।

सो रायअनुसारको निष्कर्ष राजनीतिक समितिमा पेश गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्