२१ जेठ २०८३, बिहीबार

एनएमबी बैंकसँगको सहकार्यमा नेपाल भित्रियो वी च्याट पे

असार ७, २०८०
काठमाडौं
एनएमबी बैंकसँगको सहकार्यमा नेपाल भित्रियो वी च्याट पे

छिमेकी राष्ट्र चीनमा सर्वाधिक लोकप्रिय डिजिटल वालेट वी च्याट पे (WeChat Pay) आधिकारिक रूपमा पहिलोपटक नेपाली बजारमा प्रवेश गरेको छ ।

एनएमबी बैंकसँगको साझेदारीमा नेपाल प्रवेश गरेको वी च्याट पेको औपचारिक घोषणा बिहीवार पोखरामा एक कार्यक्रमका बीच गरिएको हो ।

घोषणा कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, एनएमबी बैंकका सञ्चालक योगेन्द्रलाल प्रधान, एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी लगायत नेपाली र चिनियाँ अधिकारीहरूको उपस्थिति थियो ।

उक्त उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि चिनियाँ राजदूत चेन सोङले वी च्याट पे कोडमार्फत कारोबार गर्न सहजता पुग्ने विश्वास व्यक्त गरे ।

यसले नेपाल र चीनबीचको सम्बन्धमा समेत सकारात्मक प्रभाव पर्ने उनको दाबी थियो ।

साथै उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वी च्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रूपमा बैंकिङ प्रणालीमा आउने समेत बताए ।

अब आगन्तुकहरूले आफ्नो वी च्याट डिजिटल वालेट प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् ।

यसरी सटही सुविधा नलिई उक्त सिस्टम प्रयोग गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी एनएमबी बैंकले सेवा सञ्चालनमा ल्याएको हो ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटीएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्