०२ साउन २०८३, शनिबार
विश्वकप छनोट

वेस्ट इन्डिजविरुद्धको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

असार ७, २०८०
काठमाडौं
वेस्ट इन्डिजविरुद्धको खेल जित्न नेपालले पायो ३४० रनको विशाल लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेस्ट इन्डिजविरुद्धको खेलमा नेपालले ३ सय ४० रनको विजयी लक्ष्य पाएको छ ।

बलिङमा आक्रामक शुरूआत गरेको नेपालले त्यसलाई निरन्तरता दिन नसक्दा विशाल लक्ष्य पाएको हो ।

५३ रनमा ३ विकेट गुमाएको वेस्ट इन्डिजलाई शाइ होप र निकोलश पुरनले शतकीय योगदान गर्दै विशाल स्कोरमा पुर्‍याए ।

कप्तान होप १३२ र पूरन ११५ रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले ३ तथा  करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतियोगितामा नेपालले तेस्रो खेल खेलिरहेको हो । वेस्टइन्डिजले भने यसअगाडि एक खेल मात्र खेलेको  छ।

नेपाल एक हार र एक जीतसहित समूहको तेस्रो र एक जीतसहित वेस्टइन्डिज दोस्रो स्थानमा छन् ।

नेपाल र वेस्टइन्डिज पहिलोपटक आमनेसामने हुन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्