२८ जेठ २०८३, बिहीबार

उत्तर कोरियाले खतरनाक बम बनाउदै,अमेरिकाले जापानमा खसालेको भन्दा शक्तिशाली हुने

कात्तिक २०, २०७४
उत्तर कोरियाले खतरनाक बम बनाउदै,अमेरिकाले जापानमा खसालेको भन्दा शक्तिशाली हुने

उत्तर कोरियाले आगामी डेढ वर्षभित्र थप हाइड्रेजन बम बनाउने विज्ञहरूले आशंका गरेका छन् । यो आणविक हतियारले एकैचोटिमा लाखौं मानिस मार्न सक्छ ।


अमेरिकाको रक्षा मन्त्रालयका एक अधिकारीले नाम नबताउने शर्तमा बताएअनुसार उत्तर कोरियालीहरू हाइड्रोजन बम बनाउने अन्तिम चरणमा पुगेको र डेढ वर्षभित्रमा बनाइसक्ने बताएका छन् । यो बम अमेरिकाले जापानी शहरहरू हिरोशिमा र नागासाकीमा खसाएको भन्दा बढी शक्तिशाली हुनेछ ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनले गत वर्ष हाइड्रोजन बम परीक्षण गरेको दाबी गरेका थिए तर अधिकांश विज्ञहरूले यो दाबीलाई खारेज गरेका थिए । तर दक्षिण कोरियाले चाहिँ उत्तर हाइड्रोजन बम बनाउन एक चरण मात्र बाँकी रहेको बताएको थियो ।

उत्तरले हाइड्रोजन बम बनायो र अमेरिकामा खसायो भने लगभग पाँच लाख मानिसको मृत्यु हुने र अरू नौ लाख घाइते हुने सम्भावना रहन्छ ।

उत्तरले अघिल्लो शुक्रवार अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेर अमेरिकामा प्रहार गर्नसक्ने सम्भावना देखाइसकेको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्