२८ असार २०८३, आइतबार

नेप्से परिसूचक करिब ५७ अङ्कले बढ्यो, पाँच अर्ब ४७ करोडको कारोबार

असार १२, २०८०
काठमाडौं
नेप्से परिसूचक करिब ५७ अङ्कले बढ्यो, पाँच अर्ब ४७ करोडको कारोबार

शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव  ९४ अङ्कले उकालो लागेर दुई हजार एक सय ८६ दशमलव  ३६ पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३ दशमलव  ४० अङ्कले उकालो लागेर चार सय १२ दशमलव  ५१ मा पुगेको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य बृद्धि भएको हो ।

कुल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर रु पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २५ करोड १२ लाख ३३ हजार छ सय ९४ बराबरको कारोबार भएको छ।

salt training

कमेन्ट गर्नुहोस्