०५ साउन २०८३, मंगलबार

ललिता निवास प्रकरणः तीन जनाले पहिल्यै लिएका थिए पक्राउ पुर्जीविरुद्ध 'स्टेअर्डर'

असार १२, २०८०
काठमाडौं
ललिता निवास प्रकरणः तीन जनाले पहिल्यै लिएका थिए पक्राउ पुर्जीविरुद्ध 'स्टेअर्डर'

ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले पक्राउ पुर्जीविरुद्ध स्टेअडर लिएको पाइएको छ । 

आज (मंगलवार) प्रहरीले पक्राउ गरेका कलाधर देउजा, भूपेन्द्रमणि केसी र अर्का एक जनाले उच्च अदालत पाटनबाट स्टेअर्डर लिएको पाइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

उनीहरूलाई बाहिरबाटै अनुसन्धान गर्नेगरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

‘उनीहरूले स्टेअर्डर लिएका छन्, उनीहरूलाई हामीले बाहिरबाट अनुसन्धान गर्नेगरी आफन्तको जिम्मा लगाउँछौं,’ प्रवक्ता अधिकारीले लोकान्तरसँग भने ।

प्रहरीले आज भाटभटेनी सुपर मार्केका सञ्चालक मिनबहादुर गुरूङ, मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, भूपेन्द्रमणि केसी र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्