०५ साउन २०८३, मंगलबार

बागमती प्रदेशसभा बैठकमा ५ वटा समितिका सदस्यको नाम सार्वजनिक

असार १२, २०८०
हेटौंडा
बागमती प्रदेशसभा बैठकमा ५ वटा समितिका सदस्यको नाम सार्वजनिक

बागमती प्रदेश सभाको मंगलवार अपराह्न बसेको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सभामा रहने विषयगत समितिको सदस्यको नाम सार्वजनिक गरेका छन् ।

उनले सार्वजनिक गरेको नामावलीलाई सोही बैठकमा सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभा नियमावलीअनुसार प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहेका छन् ।

ती समितिको अध्यक्षमा सम्बन्धित समितिका सदस्यबाट निर्वाचन प्रक्रियाबाट पदपूर्ति गर्ने तयारी भइरहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभा बैठक अपराह्न १ बजेका लागि बोलाइएको भए पनि बजेटको विषयमा छलफल गर्ने क्रममा सर्वदलीय बैठक बस्दा करीब ३ः१८ बजेको समयमा मात्रै सञ्चालन भएको थियो । 

प्रदेश सभाको दोस्रो बैठकको लागि सभामुख भुवनकुमार पाठकले आधा घण्टाको लागि स्थगित गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्