×

NMB BANK
NIC ASIA

सेवाग्राहीलाई सास्ती

नागरिकता लिन प्रशासनको गेटबाहिर रातभर लामबद्ध, ‘टोकन’ पाउनै मुस्किल [फोटोफिचर]

विराटनगर | असार १३, २०८०

NTC
Premier Steels

नागरिकता बनाउनका लागि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय मोरङमा रात बिताएका छन् ।

Muktinath Bank

‘टोकन’ लिनका लागि राति ९ बजेदेखि आएर उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङको बुढीगंगा गाउँपालिका–९ का सुनिल सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए । लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनले बताए ।
 
बिहान ८ बजेसम्म ३५० मिटरभन्दा लामो लाइन बनिसकेको छ । बिहान ३ बजे जिल्ला प्रशासनमा आइपुग्दा २०० भन्दा बढी व्यक्ति लाइनमा बसेको पाइएको कटहरीका मोहम्मद नुरोले बताए । 


Advertisment
Nabil box
Kumari

‘राति पानी परेकाले तितरवितर भएका थिए तर २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ सुरक्षामा खटिएका एक प्रहरीले भने । 

Vianet communication

सर्वाेच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि नागरिकता लिनेको भीड बढेको छ । वंशजको नागरिकता पाउने मोरङमा ८० हजारको हाराहारीमा भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरद पोख्रेलले बताए ।
 
नागरिकता वितरणका लागि छुट्टै कोठा र कर्मचारीको व्यवस्थापन गरिए पनि समस्या भइरहेको जिल्ला प्रशासनले जनाएको छ । स्रोतसाधन र जनशक्ति अभाव भएको प्रशासनले जनाएको छ । 

लाइनमा बस्नेहरूले पहिला टोकन लिनुपर्छ, त्यसपछि पालो अनुसार नागरिकता लिन आउनुपर्ने हुन्छ । 

nullnullnullnullnullnullnullnullnullnullnull
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x