०१ असार २०८३, सोमबार
सेवाग्राहीलाई सास्ती

नागरिकता लिन प्रशासनको गेटबाहिर रातभर लामबद्ध, ‘टोकन’ पाउनै मुस्किल [फोटोफिचर]

असार १३, २०८०
विराटनगर
नागरिकता लिन प्रशासनको गेटबाहिर रातभर लामबद्ध, ‘टोकन’ पाउनै मुस्किल [फोटोफिचर]

नागरिकता बनाउनका लागि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय मोरङमा रात बिताएका छन् ।

‘टोकन’ लिनका लागि राति ९ बजेदेखि आएर उनीहरू जिल्ला प्रशासन कार्यालय अगाडि बसेका हुन् । 

मोरङको बुढीगंगा गाउँपालिका–९ का सुनिल सरदारले राति ९ बजे जिल्ला प्रशासनको गेट अगाडि सुतेको बताए । लाइनमा बस्नेको पालो बिहानै पहिलो हुन्छ भनेपछि प्रशासनको गेट अगाडि सुतेको उनले बताए ।
 
बिहान ८ बजेसम्म ३५० मिटरभन्दा लामो लाइन बनिसकेको छ । बिहान ३ बजे जिल्ला प्रशासनमा आइपुग्दा २०० भन्दा बढी व्यक्ति लाइनमा बसेको पाइएको कटहरीका मोहम्मद नुरोले बताए । 

‘राति पानी परेकाले तितरवितर भएका थिए तर २ बजेदेखि पानीमा भिज्दै पनि लाइनमा बसेका छन्,’ सुरक्षामा खटिएका एक प्रहरीले भने । 

सर्वाेच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि नागरिकता लिनेको भीड बढेको छ । वंशजको नागरिकता पाउने मोरङमा ८० हजारको हाराहारीमा भएका मोरङका सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरद पोख्रेलले बताए ।
 
नागरिकता वितरणका लागि छुट्टै कोठा र कर्मचारीको व्यवस्थापन गरिए पनि समस्या भइरहेको जिल्ला प्रशासनले जनाएको छ । स्रोतसाधन र जनशक्ति अभाव भएको प्रशासनले जनाएको छ । 

लाइनमा बस्नेहरूले पहिला टोकन लिनुपर्छ, त्यसपछि पालो अनुसार नागरिकता लिन आउनुपर्ने हुन्छ । 

nullnullnullnullnullnullnullnullnullnullnull
 

salt training

कमेन्ट गर्नुहोस्