
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सहज सेवा दिन धेरै सुधारको काम गरिएको दाबी गरेका छन् ।
बजेटमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई झञ्झट र बिचौलियामुक्त बनाइएको दाबी गरेका हुन् ।
वैदेशिक रोजगारीलाई सुरक्षित र सम्मानित बनाउन यसबीचमा महत्वपूर्ण र ऐतिहासिक काम भएको उनले बताए ।
'वैदेशिक रोजगारीमा गएका करिब दुई लाख नागरिक केही महिनाकै बीचमा सामाजिक सुरक्षा कोषमा जोडिनु आफैंमा ऐतिहासिक हो।
वैदेशिक रोजगारीलाई अब धेरै हदसम्म झन्झट र विचौलियामुक्त बनाइएको छ,' उनले भने, 'श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका क्रममा श्रमिकहरूले झेल्दै आएको सास्ती अन्त्य भएको छ।'