०६ असार २०८३, शनिबार

प्रहरी महानिरीक्षक कुँवर र राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता

असार १३, २०८०
काठमाडौं
प्रहरी महानिरीक्षक कुँवर र राष्ट्रसङ्घका उपमहासचिवबीच भेटवार्ता

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसङ्घको शान्ति कार्य विभाग हेर्ने उपमहासचिव जाँ–पिय ल्याक्ख्वाबीच आज भेटवार्ता भएको छ । 

प्रहरी प्रधान कार्यालयमा भएको भेटमा उपमहासचिव ल्याक्ख्वाले संयुक्त राष्ट्र सङ्घको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीको योगदानको प्रशंसा गरेका थिए ।

त्यस अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मानव अधिकार संरक्षण एवं प्रवर्द्धन गरी संयुक्त राष्ट्रसङ्घको विधानप्रति सदैव प्रतिबद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भएर पुर्‍याएको योगदानबारे चर्चा गरेका थिए ।

null

भेटमा उनीहरूबीच संयुक्त राष्ट्रसङ्घको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसङ्घमा नेपाल प्रहरीको योगदान र आपसी हितलगायत विषयमा छलफल भएको थियो । 

त्यसअवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतलगायत अन्य वरिष्ठ प्रहरी अधिकृतको उपस्थिति रहेको थियो ।

null

salt training

कमेन्ट गर्नुहोस्