२३ असार २०८३, मंगलबार
राष्ट्रपतिको स्वास्थ्य

११ दिनपछि अस्पतालबाट 'डिस्चार्ज' भए राष्ट्रपति पौडेल

असार १३, २०८०
काठमाडौं
११ दिनपछि अस्पतालबाट 'डिस्चार्ज' भए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् । असार २ गते बिहान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका राष्ट्रपति पौडेल आज (बुधवार) डिस्चार्ज भएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अस्पतालबाट डिस्चार्ज भएर उनी राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । 

अस्पतालबाट डिस्चार्ज भएपछि उनले आफ्नो स्वास्थ्यप्रति चासो राख्ने सबैलाई धन्यवाद दिएको भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकहरूका अनुसार पौडेलको स्वास्थ्य अवस्था सामान्य छ । 

null

मुटुमा समस्या देखिएपछि उनलाई असार २ गते बिहान अस्पताल भर्ना राष्ट्रपति पौडेलको मुटुको चाल स्थिर रहन नसकेपछि मंगलवार स्थायी रूपमा 'पेस मेकर' राखिएको थियो ।

यसअघि  मुटुमा समस्या देखिएपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र (बाँसबारी) मा भर्ना भएर डिस्चार्ज भएका थिए ।

पौडेल राष्ट्रपति भएपछि भारतको नयाँदिल्लीमा  समेत उपचारगरी फर्केका थिए ।

null

salt training

कमेन्ट गर्नुहोस्