
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान भेटवार्ता भएको हो ।
भेटका अवसरमा अध्यक्ष तिमिल्सिनाले चीन भ्रमणका अवसरमा भएका भेटवार्ता र छलफलबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएका छन् ।
उनले चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।