२५ असार २०८३, बिहीबार

स्थानीय तहका बजेटमा कृषि र सडकलाई प्राथमिकता

असार १४, २०८०
बैतडी
स्थानीय तहका बजेटमा कृषि र सडकलाई प्राथमिकता
प्रतिकात्मक तस्वीर

कृषि, स्वास्थ्य, सडक र शिक्षालाई प्राथमिकता दिँदै बैतडीका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।  

नगरसभा तथा गाउँसभाबाट ९ स्थानीय तहहरूको ४ अर्ब ७३ करोड १ लाख ६७ हजार १०० रुपैयाँ बराबरको बजेट सार्वजनिक भएको हो । स्थानीय सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकतामा राखेका छन् । 

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८२ करोड १७ लाख ३८ हजार बराबरको बजेट ल्याएको छ । उपप्रमुख कौशिला चन्दले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ भने नगरको ढल निकास र स्वच्छ, सफा नगरपालिका सामाजिक विकास, सुशासन लगायतका क्षेत्रलाई समेटेकी छन् ।

नगरपालिकाले पुँजीगततर्फ ११ करोड विनियोजन गरेको छ भने चालू खर्चतर्फ १३ करोड ४० लाख २८ हजार ८८९ बजेट विनियोजन गरेको छ । आर्थिक विकासतर्फ ७५ लाख रुपैयाँ विनियोजन गरेको नगरपालिकाले सामाजिक विकासतर्फ ४ करोड ६० लाख, पूर्वाधार विकासतर्फ १ करोड ६६ लाख विनियोजन गरेको नगरपालिकाले वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पुर्चौडी नगरपालिकाले ६४ करोड ५४ लाख ११ हजार  बजेट ल्याएको छ । पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएको छ ।

नगरसभामा बजेट प्रस्तुत गर्दै उपप्रमुख मीना धानुकले सामाजिक विकास, पूर्वाधार, कृषि, शिक्षा स्वास्थ्यलाई र सुशासनलाई प्राथमकितामा राखेको बताइन् ।

पुर्चौडीमा सामाजिक विकासतर्फ ८ करोड ५० लाख, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ ५० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ९ करोड, पूर्वाधार विकासतर्फ ७ करोड र आर्थिक विकासतर्फ १ करोड विनियोजन गरिएको छ ।  

पाटन नगरपालिकाले पनि सार्वजनिक गरेको ६३ करोड ५३ लाख ६२ हजार २१० बराबरको बजेटमा शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकतामा राखेको नगर प्रमुख गौरिसिंह रावलले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्