१५ असार २०८३, सोमबार

पूर्वराष्ट्रपति भण्डारीद्वारा बकर इदको शुभकामना

असार १४, २०८०
काठमाडौं
पूर्वराष्ट्रपति भण्डारीद्वारा बकर इदको शुभकामना
फाइल फोटो

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बकर इदजस्ता चाडपर्वका माध्यमबाट नेपालीमा आपसी एकता, सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

इद उल अजहा (बकर इद), २०८० का अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले नेपाली समाजको विशिष्टता सामाजिक एवं सांस्कृतिक विविधता भएकाले मानव जातिका मुख्य महाजातिहरू–आर्य, मङ्गोल, आष्ट्रिक र द्रविडअन्तर्गतका अनेकौं जातजाति, जनजाति र भाषाभाषी साथै धार्मिक, सांस्कृतिक एवं भौगोलिक वैविध्यका बीचमा आपसी सदभाव, सहिष्णुता, सहअस्तित्व र भाइचारायुक्त सौहार्दता नेपाली समाजको मौलिक पहिचान बन्न पुगेको उल्लेख गरेकी छिन् ।

बकर इदले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्दै प्रगतिशील, सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने उनले शुभकामना प्रकट गरेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्