×

विश्वासको मत माग्दै मुख्यमन्त्री

कोशीमा एमाले सरकारको भविष्य छिनोफानो आज, १ सांसद जुटाउन सफल होलान् हिक्मत कार्की ?

काठमाडाैं | असार १४, २०८०

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीवार विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव लैजाँदैछन् ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेगरी संसद् सचिवालयले कार्यसूची निकालेको छ ।


Advertisment

मुख्यमन्त्री कार्कीलाई अहिलेकै अवस्थामा १ मतको आवश्यकता पर्छ । जसपाको १ सीट रहेकाले कार्की सकेसम्म उसकै समर्थन लिने प्रयासमा छन् ।


Advertisment

मधेश प्रदेशमा एमालेले जसपाको सरकारलाई विश्वासको मत दिएकाले कोशी प्रदेशमा पनि जसपाले सघाउने एमालेको विश्वास छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्णय गर्ने अधिकार प्रदेशलाई दिएको बताए  ।

यता जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्याले अहिले तटस्थ बस्ने बताए । 

कांग्रेस र माओवादीले कोशी नाम राख्न हस्ताक्षर गरेकाले उनीहरूलाई पनि अहिले नै समर्थन दिने अवस्था नरहेको उनको भनाइ छ ।

जसपाको साथ नपाएको अवस्थामा अन्य विपक्षी दलको कुनै एक सांसदलाई फ्लोर क्रश गराउन सके मात्र एमाले नेतृत्वको सरकार जोगिने छ ।

प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन मुख्यमन्त्री कार्कीलाई छ ।

विपक्षमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३ र नेकपा एसका ४ सांसद छन् ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

x