०९ साउन २०८३, शनिबार
विश्वासको मत माग्दै मुख्यमन्त्री

कोशीमा एमाले सरकारको भविष्य छिनोफानो आज, १ सांसद जुटाउन सफल होलान् हिक्मत कार्की ?

असार १४, २०८०
काठमाडौं
कोशीमा एमाले सरकारको भविष्य छिनोफानो आज, १ सांसद जुटाउन सफल होलान् हिक्मत कार्की ?

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बिहीवार विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव लैजाँदैछन् ।

दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिनेगरी संसद् सचिवालयले कार्यसूची निकालेको छ ।

मुख्यमन्त्री कार्कीलाई अहिलेकै अवस्थामा १ मतको आवश्यकता पर्छ । जसपाको १ सीट रहेकाले कार्की सकेसम्म उसकै समर्थन लिने प्रयासमा छन् ।

मधेश प्रदेशमा एमालेले जसपाको सरकारलाई विश्वासको मत दिएकाले कोशी प्रदेशमा पनि जसपाले सघाउने एमालेको विश्वास छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले निर्णय गर्ने अधिकार प्रदेशलाई दिएको बताए  ।

यता जसपाका कोशी प्रदेश अध्यक्ष दीपक याख्याले अहिले तटस्थ बस्ने बताए । 

कांग्रेस र माओवादीले कोशी नाम राख्न हस्ताक्षर गरेकाले उनीहरूलाई पनि अहिले नै समर्थन दिने अवस्था नरहेको उनको भनाइ छ ।

जसपाको साथ नपाएको अवस्थामा अन्य विपक्षी दलको कुनै एक सांसदलाई फ्लोर क्रश गराउन सके मात्र एमाले नेतृत्वको सरकार जोगिने छ ।

प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसदको समर्थन मुख्यमन्त्री कार्कीलाई छ ।

विपक्षमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३ र नेकपा एसका ४ सांसद छन् ।

salt training

कमेन्ट गर्नुहोस्